केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइसल्यान्डमा राष्ट्रपति भण्डारी डब्लुपिएल कार्यक्रममा सहभागी

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २३, राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स् (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन औपचारिक भ्रमणका क्रममा आइसल्यान्ड पुग्नुभएको छ ।

यही ८ देखि १० नोभेम्बर २०२२ मा आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उहाँ मङ्गलबार आइसल्यान्ड पुग्नुभएको डेनमार्कको कोपनहेगनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

फोरम डब्लुपिएल, आइसल्यान्ड सरकार र आइसल्यान्ड संसदद्वारा आयोजना गरिएको हो । राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल राजदूत एस्ट्रिड ब्रेक्कन र डेनमार्कस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख तीर्थराज अर्यालले स्वागत गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राष्ट्रपतिलाई दोहा विमानस्थलमा कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकाल तथा अन्य अधिकारीहरुका साथै कतारको प्रोटोकल अधिकारीहरुले स्वागत गर्नुभएको थियो ।परराष्ट्र मन्त्रालयका

 

प्रकाशित : 9 November, 2022

प्रतिक्रिया दिनुहोस्