राप्रपाले काठमाडौंमा कात्तिक २५ गते आमसभा गर्ने

काठमाडौँ । कात्तिक २३, राप्रपाले कात्तिक २५ गते काठमाडौंमा आमसभा गर्ने भएको छ । पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलेका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले शुक्रबार (कात्तिक २५) काठमाडौंमा आमसभा गर्न लागेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने श्रेष्ठले जानकारी दिए । उनका अनुसार आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरूले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ ।
यसपटक उपत्यका आफूहरू विजयी हुने श्रेष्ठले दाबीसमेत गरे । देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उम्मेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।