निर्देशक प्रदीपको महापुरुष हिट भए सँगै ‘महाजात्रा’ फिल्मको तयारीमा

काठमाडौँ । कात्तिक २३, व्यावसायिक हिट फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’ निर्माण हुने भएको छ । षट्कोण आर्ट्सले आफ्नो पाँचौं प्रोजेक्टको रुपमा यो फिल्मको निर्माण तयारी थालेको छ ।
निर्माता रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईले पटकथा लेखन कार्य भइरहेको जानकारी दिए । सन् २०१६ मा जात्राको पहिलो श्रृंखला रिलिज भएको थियो भने सन् २०१९ मा दोस्रो श्रृंखला ‘जात्रैजात्रा’ बढी कमाइ गरेको छ । प्रदीपले कृतिमा आधारित फिल्म लूसहितका अन्य दुई प्रोजेक्ट निर्देशनको तयारी पनि गरेका छन् ।
प्रारम्भिक तयारीमा रहेको यो फिल्मले भविष्यमा कस्तो आकार लेला, त्यो पछिको कुरा हो । यद्यपि, दर्शकले हिट फिल्मको तेस्रो श्रृंखला चाहिं पक्कै हेर्न पाउनेछन् र यसको तयारी थालनी भएको छ ।