मधेशलाई ७ अन्तराले हराउँदै एपीएफ तेस्रो पटक फाइनलमा

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४, मधेस प्रदेशलाई ७ विकेटको फराकिलो अन्तराले हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

तेश्रो पटक फाइनलमा पुग्ने क्रममा एपीएफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसलाई ७ विकेटले हराएको हो । सेमिफाइनलमा मधेससँगको खेल जित्न पाएको १२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।

एपीएफका लागि ओपनर ब्याटर आसिफ शेख र प्रदिप सिंह ऐरीले पहिलो विकेटका लागि ६० रनको साझेदारी प्रस्तुत गरेका हुन् । एपीएफका लागि तेस्रो क्रमका ब्याटर लोकेश बमले ३५ रनको अविजित पारी खेले । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका हुन् ।

मधेशका लागि रुपेश सिंहले २३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए । ओपनर ब्याटर सन्तोष कार्कीलाई एपीएफका स्पिनर भुवन कार्कीले एलबीडब्लू धरापमा पारेका थिए ।

अन्तिम विकेटका लागि प्रदीपलाई कमलसिंह ऐरीले बोल्ड आउट गरेका थिए । एपीएफका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । मौसम ढकाल र भुवन कार्कीले समान २/२ विकेट र किशोर महतोले १ विकेट लिए ।

प्रकाशित : 10 November, 2022

प्रतिक्रिया दिनुहोस्