नक्कली नेपाली नोटसहित ६ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २५, रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् ।

आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए । बरामद नोट एक हजार दरका छन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित : 11 November, 2022

प्रतिक्रिया दिनुहोस्