बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा  एक बालकको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २५, जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चन्दननाथ नगरपालिका-९ उमगाडमा कनिका निसा बोर्डिङ स्कुलको भे १ क ३८२ नम्बरको बसले ठक्कर दिँदा ११ वर्षका राजेश गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा निधन भएको हो ।

 

प्रकाशित : 11 November, 2022

प्रतिक्रिया दिनुहोस्