नेपालले पाकिस्तानविरुद्ध रोहितको कप्तानीमा खेल्ने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६, दशरथ रंगशालामा कात्तिक ३० गते हुने पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्ने भएको छ । नियमिति कप्तान किरण चेम्जोङ अनुपस्थित हुने भएपछि प्रशिक्षक प्रवेश कटुवालले टोलीको कप्तानको जिम्मेवारी रोहितलाई दिन लागेको हो ।

किरण अहिले ब्यवसायिक खेलका लागि भारतमा छन् । प्रशिक्षक प्रवेशले शुक्रबार मात्र रोहितको कप्तानीमा २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाली टोलीको गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु छन् ।

यसैगरी रक्षकहरुमा कप्तान रोहितसहित अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ र निशान खड्का छन् । मिडफिल्डरहरुमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आभास लामिछाने रहेका छन् ।

यस्तै टोलीको स्ट्राइकरमा अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ छन् । नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

 

प्रकाशित : 12 November, 2022

प्रतिक्रिया दिनुहोस्