‘हेराफेरी ३’मा अक्षयकुमारको सट्टा कार्तिक आर्यनको हेरफेर

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २७, ‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो ।

दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए ।

यो खबर आउँदा अक्षयका फ्यान निराश भएका छन् । उनीहरुले अक्षयलाई हेराफेरी ३ मा फर्काउन माग गरिरहेका छन् । अक्षयबिना फिल्म फ्लप हुने उनीहरुको चिन्ता छ ।

१२ नोभेम्बरमा अक्षय हिन्दूस्तान टाइम्सको एक समारोहमा पुगेका थिए । त्यतिबेला हेराफेरीबारे सोधिएको जिज्ञासामा अक्षयले भनेका थिए, ‘म हेराफेरीको हिस्सा हुँ । मलाई दुःख यस अर्थमा छ कि लामो समयसम्म तेस्रो भाग बनेन । मलाई फिल्म अफर गरिएको थियो तर पटकथा र स्क्रिप्ट मन परेन । यसकारण म फिल्मबाट बाहिरिएँ ।’

हेराफेरीको पहिलो श्रृंखला सन् २००० मा रिलिज भएको थियो जसलाई प्रियदर्शनले निर्देशन गरेका थिए । दोस्रो श्रृंखला ‘फिर हेराफेरी’लाई नीरज भोराले निर्देशन गरेका थिए र सन् २००६ मा रिलिज भएको थियो । यी दुवै श्रृंखलाले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

प्रकाशित : 13 November, 2022

प्रतिक्रिया दिनुहोस्