शनिबार राति गएको भूकम्पपछि पराकम्पनले बझाङमा घरहरूमा भत्किए

काठमाडौं । कात्तिक २७, भूकम्पका कारण बझाङका विभिन्न स्थानीय तहमा रहेका घरहरु भत्किएका छन् । डोटी भूकम्पपछि पनि शनिबार राति खप्तड छान्ना गाउँपालिकास्थित पाटादेवल केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पले दुर्गाथली गाउँपालिका ३ स्थित रकैलका जयलाल पार्कीको २ तले घर, वडा नम्बर ५ का हंशराज जप्रेलको २ तले घर, बित्थडचिर गाउँपालिका ७ का चक्र अधिकारीको २ तले घर र बित्थडचिर गाउँपालिका ७ का रमादेवी ढाँटको ४ कोठे घर भत्किएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै भूकम्पले बित्थडचिर गाउँपालिका ४ का जस्बीर बोहरा, गगन बोहरा र ७ का बिरे बोहराका घरहरु चर्किएका छन् । निरन्तर भुकम्पको धक्का जान थालेपछि जिल्लाबासीमा त्रास छाएको छ भने प्रहरीले माइकिङ गरी स्थानीयहरुलाई सचेत रहन आग्रह गर्दै आएको छ ।