पर्सामा डेंगु संक्रमणका कारण एकजनाको मृत्यु

काठमाडौं । कात्तिक २७, डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो । थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।
हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो । स्वास्थ्य अवस्थामा सुधार नआएपछि हेल्थ केयरले थप उपचारका लागि कात्तिक २३ गते काठमाण्डौं रिफर गरेका थियो ।
कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा उपचारको क्रममा शनिबार राति उनको मृत्यु भएको मृतकको काका कसुनी मिर्दाहा थारुले जानकारी दिए ।