सर्पको टोकाईबाट एक युवाको मृत्यु

माेरङ । कातिक २८, लेटाङ नगरपालिका वडा न. ९ जाँतेमा सर्पको टोकाइबाट एक युवा मृत्यु भएको छ । २७ गते आइतबार बेलुकाको समयमा वर्ष २७ का गणेश गजमेरलाई सर्पले टोक्दा मृत्यु भएको हो ।
मृतक गजमेरले मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो । उनको उपचारको लागी दमक सर्पदंस उपचार केन्द्रमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक गजमेरको आज सोमवार स्थानिय खोलामा जातिय परम्परा अनुसार अन्तीम संस्कार हुने छ ।