केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एशोसिएशन अफ स्पाइन सर्जन नेपालको अध्यक्षमा डा बिजुक्छे

सहयात्रा टिभी

काठमाडौँ । कातिक २८, एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे निर्वाचित भएका छन् । उनी यसअघि कार्यसमितिको उपाध्यक्ष थिए ।

गए राति सम्पन्न आठौँ महाधिवेशन तथा निर्वाचनले डा बिजुक्छेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

एशोसिएशनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा व्यापक पौडेल, महासचिवमा डा सुरज बज्राचार्य, उपमहासचिवमा डा ज्ञानेन्द्र शाह, कोषाध्यक्षमा डा राजेशकुमार चौधरी निर्वाचित भएका छन् ।

यस्तै चार सदस्यमा डा दीपक काउछा, डा सुशील श्रेष्ठ, डा अनुप पोखरेल र डा सुवासचन्द्र झा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत डा गणेश गुरुङले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष डा बिजुक्छे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टरसमेत समेत छन् । नेपालमा स्पाइन सर्जरीको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको उक्त एशोसिएशनमा हाल देशभरका ८१ स्पाइन डाक्टर सदस्य छन् ।

उक्त एशोसिएशनले स्पाइन सर्जरी उत्तीर्ण विद्यार्थीलाई तालिम प्रदान गर्ने, विश्वका अन्य मुलुकका स्पाइन सर्जरीका सङ्घसंस्थासँगको सहकार्यमा नेपालका विभिन्न अस्पतालमा स्पाइन सर्जरीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

 

प्रकाशित : 14 November, 2022

प्रतिक्रिया दिनुहोस्