सर्वोच्चले डा. तोसिमाको पक्षमा सुनुवाइ गरी उम्मेदवारी कायम हुने निष्कर्ष

सहयात्रा टिभी

काठमाडौँ । कातिक २८, ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले तोसिमा लाभको पदमा बहाल रहेको भनी मान्न मिल्ने नदेखिएको निष्कर्ष निकालेको छ ।

 

 

प्रकाशित : 14 November, 2022

प्रतिक्रिया दिनुहोस्