हलिउडमा ‘वाकान्डा फरेभर’को सफलताले विश्वभर ३३० मिलियन डलरको ओपनिङ
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । कातिक २८, ‘ब्ल्याक प्यान्थर’को दोस्रो श्रृंखला ‘वाकान्डा फरेभर’ले विश्वभर पहिलो सप्ताहन्त ३३० मिलियन डलरको ओपनिङ गरेको छ । उत्तर अमेरिकामा चाहिं फिल्मले १८० मिलियन डलर कमायो ।
![](https://sahayatratv.com/wp-content/uploads/2022/11/Wakanda-Forever-1-e1668422973293.jpg)
कोरोना महामारीले समस्याग्रस्त फिल्म हललाई ‘वाकान्डा फरेभर’ले राहत प्रदान गरेको छ । वाकान्डाले यसअघि सन् २०१३ मा ‘हंगर गेम्स स् क्याचिङ फायर’ले राखेको १५८ मिलियनको नोभम्बर महिनाको ओपनिङ कीर्तिमानलाई पनि तोडेको छ ।
तर ‘वाकान्डा फरेभर’को यो सफलताको पछाडि एउटा तीतो यथार्थ छ । किनभने फिल्मका निर्माताले सिक्वेलको छायांकनअघि नै अफ-स्क्रिन त्रासदीको सामना गर्नुपरेको थियो ।
सन् २०१८ मा ‘ब्ल्याक प्यान्थर’लाई आत्मा दिने अभिनेता चाडविक बोसम्यानको क्यान्सरको कारण सन् २०२० मा निधन भएको थियो । वाकान्डा फरेभर फिल्म नै अभिनेता बोसम्यानप्रति श्रद्धाञ्जलीजस्तो पनि देखिन्छ ।
फिल्मका प्रमुख पात्र टी-चाला अर्थात् अभिनेता बोसम्यानको निधनले पनि फिल्मलाई भावनात्मक सम्बन्ध गाँस्ने कार्य गरेको छ । भेराइटी म्यागजिनका समीक्षकले वाकान्डा फरेभरबारे लेखेका छन्, ‘यो फिल्मसँग ढिलो तर एक भावनात्मक रहस्य छ । जब फिल्मले गति लिन थाल्छ, यसपछि फिल्मले छाड्दैन ।’