काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

सहयात्रा टिभी

काठमाण्डाै । कातिक २९, चुनाव नजिकिएसँगै काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाण्डौ उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ ।

दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जना ट्राफिक प्रहरी रहेकामा अहिले दुई सयको हाराहारीमा मात्रै छन् । ट्राफिक प्रहरीको सङ्ख्या कम भएसँगै जाम पनि बढेको हो ।

उपत्यकाको जामलाई व्यवस्थित गर्न म्यादी प्रहरीको सहयोग लिन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार अहिले म्यादी प्रहरी ट्राफिक प्रहरीसँग सडकमा खटिएका छन् ।

प्रकाशित : 15 November, 2022

प्रतिक्रिया दिनुहोस्