प्रधानमन्त्री देउवा आज गृहजिल्ला डडेल्धुरा जाँदै

सहयात्रा टिभी

धनगढी । कातिक ३०, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बुधबार) गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार बेलुकी धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं निर्वाचन क्षेत्र जान लागेका हुन् ।

देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिम पुगेका हुन् ।

देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला पुगेका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा सत्ता गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन् ।

देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित : 16 November, 2022

प्रतिक्रिया दिनुहोस्