सेयर बजारमा दोहोरो अंकको वृद्धि

सहयात्रा टिभी

काठमाडौं । कातिक ३०,सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ ।

बुधबार म्युचुअल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । बुधबार हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार १ अर्ब माथिको बराबर भएको बजारमा बुधबार २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ ।

जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ६ करोड ३ लाख ३९ हजारको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड १ लाख ९१ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १४१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३८ कम्पनीको घटेको छ । त्यस्तै ७ कम्पनीको स्थिर छ ।

 

प्रकाशित : 16 November, 2022

प्रतिक्रिया दिनुहोस्