सकसपूर्ण पहिलो संसदीय प्रतिस्पर्धामा : धनराज गुरुङ

स्याङ्जा । मंसिर १, समानुपातिकतर्फबाट दुवै संविधानसभामा पुगेका नेपाली कांग्रेसका धनराज गुुरुङ आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा-२ बाट उठेका छन् । कांग्रेसको केन्द्रीय उपसभापति समेत रहेका उनी विरुद्ध नेकपा -एमाले)की सचिव पद्मा अर्याल चुनावी मैदानमा छिन् ।
५७ वर्षीय गुुरुङ स्याङ्जा-१ का स्थायी बासिन्दा हुन् । आफ्नो गृह क्षेत्रमा पकड कमजोर रहेकाले उनले क्षेत्र नम्बर २ रोजेको स्याङ्जाका कांग्रेसजनहरू बताउँछन् ।
गुरुङ पक्षका नेता-कार्यकर्ताले उनलाई यसपटक प्रदेश सभामा उम्मेदवारी दिएर मुुख्यमन्त्री बन्न सुुझाएका थिए । तर, उनले संघ नै रोजे । दुई पटक समानुुपातिक सांसद बनेका गुुरुङले पहिलोपल्ट जनताबाट अनुमोदित हुने आँट कसेका हुुन् । २०२२ सालमा स्याङ्जाको अर्जुन चौपारीमा जन्मिएका धनराज गुुरुङ १४ वर्षकै उमेरमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका थिए । १६ वर्षकै उमेरमा उनी नेविसंघ इकाई सभापति भए ।
२०४० सालमा नेविसंघ स्याङ्जा जिल्ला सचिव बनेका उनी २०४३ मा पोखरा पृथ्वीनारायण क्याम्पसमा पढ्दा पनि नेविसंघको राजनीतिमा सक्रिय रहे । २०४८ सालमा नेविसंघको केन्द्रीय उपसभापतिमा निर्वाचित उनी त्यही साल पार्टीको महाधिवेशन प्रतिनिधि पनि भए । उनी २०५३ सालमा नेविसंघको केन्द्रीय सभापति र २०५४ मा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भए ।
त्यसपछि पार्टीको १२औं र १३औं महाधिवेशनबाट केन्ऽीय सदस्य बनेका धनराज गुरुङ १४औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए । उनी कांग्रेसभित्र डा. शेखर कोइराला गुटमा छन् ।