अमेरिकी सभामुख न्यान्सी पेलोसीद्वारा राजीनामा घोषणा

सहयात्रा टिभी

एजेन्सि । मंसिर २, अमेरिकी तल्लो सदन प्रतिनिधि सभामा विपक्षी रिपब्लिकन पार्टीले बहुमत ल्याएसँगै सभामुख न्यान्सी पेलोसीले राजीनामा घोषणा गरेकि छिन् ।

आफूलाई दिइएको अहिलेसम्मको जिम्मेवारीका लागि कृतज्ञता व्यक्त गर्दै ८२ वर्षीया पेलोसीले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताइन् । सन् १९८७ देखि उहाँले सान्फ्रासिस्कोबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएकि थिइन् ।

अमेरिकी इतिहासमा पहिलो महिला सभामुख बन्नुभएकी पेलोसीले संसदमा अल्पमतको नेताका लागि प्रयास भने नगर्ने बताइन् । रिपब्लिकन पार्टीले केभिन म्याकार्थीलाई सभामुखको उम्मेदवारका लागि प्रस्ताव गरिसकेको छ ।

प्रकाशित : 18 November, 2022

प्रतिक्रिया दिनुहोस्