रेलिगेयर र समानान्तर निर्माण कम्पनीले पोखरा हवाई इन्धन डिपोको ठेक्का

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको ठेक्का पनि रेलिगेयर र समानान्तर निर्माण कम्पनीले पाएको छ ।

६७ करोड २९ लाख ८१ हजार रुपैयाँ लगानीको परियोजनाका लागि बीएचएन नामक भारतीय कम्पनीसँगको सहकार्यमा रेलिगेयर कन्सक्ट्रक्सन कुपोन्डोल र समानान्तर निर्माण पुरानो बानेश्वरले ठेक्का पाएको हो ।

निगमका इन्जिनियरिङ विभाग प्रमुख सुरज साहले यी कम्पानीसँग २९ कात्तिकमा ठेक्का सम्झौता भएको बताए । ‘रेलिगेयर, समानान्तर र भारतीय कम्पनी बीएनएचसँग २९ कात्तिकमा ठेक्का सम्झौता भएको छ,’ साहले भने, ‘२४ महिनामा निर्माण सक्ने सम्झौता छ ।’

प्रकाशित : 18 November, 2022

प्रतिक्रिया दिनुहोस्