धनगढीमा मतदान स्थल नजिकै बम विस्फोट

सहयात्रा टिभी

धनगढी । मंसिर ४, कैलालीको धनगढी उपमहानगरपालिका स्थित एक मतदान केन्द्र नजिक विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए । केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए । विस्फोटक पदार्थ पड्किएपछि मतदातामा त्रास उत्पन्न भएको छ ।

 

प्रकाशित : 20 November, 2022

प्रतिक्रिया दिनुहोस्