यसपटक विगतको भन्दा धेरै मत खस्छ : विष्णु पौडेल

बुटवल । मंसिर ४, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् । उपाध्यक्ष पौडेलले गृहजिल्ला रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ को बुटवल ८ मा रहेको सडक डिभिजन कार्यालयको मतदान स्थलबाट मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुने दाबी गरे । उनले मतदाताहरूमा यसवर्ष विगतको तुलनामा धेरै उत्साह रहेको पनि बताए ।
उनले भने, ‘मतदानको प्रतिशत विगतको भन्दा राम्रो हुन्छ मतदाताहरूमा पनि उत्साह छ । यो निर्वाचनले राजनीतिलाई स्थायित्वतर्फ, अग्रगति र प्रगतितर्फ लैजानेछ ।’ उपाध्यक्ष पौडेलले यो निर्वाचनमा नेकपा एमाले विजय हुने दाबी गरे ।