आज अनुमति प्राप्त नगरी चलाइएका थुप्रै गाडी प्रहरीले ‘होल्ड’मा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ४, आज अनुमति प्राप्त नगरी चलाइएका थुप्रै गाडी प्रहरीले ‘होल्ड’मा राखेको प्रहरीले जानकारी दिएको छ ।बिहान सात बजेदेखि नै सवारी अनुमतिपत्र प्राप्त नगरेका थुप्रै दुई पांग्रे तथा चार पांग्रे गाडीलाई ‘होल्ड’मा राखिएको छ ।

काठमाण्डौका कोटेश्वर, ग्वार्को, सातदोबाटोलगायतका चोकमा यस्ता गाडी रोकेर ुहोल्डु गर्दै राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कोही विना काम बाहिर निस्किएका र कोही थाहा छैन भन्दै यात्रामा निस्किएकाहरु पाइएको छ ।

बिहान गाडीको चाप कम भए पनि अहिले भने चाप बढ्दै गएको प्रहरीले जनाएको छ ।एक हजार ४ सय ३६ गाडी होल्डमा राखिएकोमा मोटसाइकल एक हजार ३ सय ४९ तथा बाँकी चार पांग्रे गाडी रहेको पनि प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित : 20 November, 2022

प्रतिक्रिया दिनुहोस्