मोरङ-३ मा अब १ बजेदेखि मतगणना सुरु

सहयात्रा टिभी

काठमाडौ । मंसिर ५, मोरङ क्षेत्र नम्बर ३ को मतगणना अब  दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।

मोरङ-३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

 

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्