प्रारम्भीक रिपोट अनुुसार लामिछाने फराकीलो मतअन्तरले विजयी हुने

काठमाडौ । मंसिर ५, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकीलो मतअन्तरले विजयी हुने निश्चित भए पछि , संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् ।
सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाडि बढ्न कठिन हुने बताएका हुन् । ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, हामी त्यो साइजमा रहन्छौं होला’ उनले भने ।
मतगणनाको प्रारम्भिक अवस्थामा आएका रिपोर्ट राम्रो भए पनि यसैलाई आधार मानेर अहिले नै कुनै टिप्पणी गर्नु हतार हुने लामिछानेले बताए ।निर्वाचन नजितीकन जितेपछि के गर्ने भन्ने कुरा गर्नु उचित नहुने उनको भनाइ छ । कुन मन्त्रालय माग्नुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा रविले भने, ‘म त्यो फेजमा पुगिसकेको छैन ।’