कांग्रेसका गगन थापाको अग्रता कायमै एमालेका भट्टराई पछि परे

सहयात्रा टिभी

काठमाडौ । मंसिर ५,  काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राख्नुभएको छ । ४ हजार २१६ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार थापाले २०२५ मत पाउनुभएको छ ।

उहाँ नेकपा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४ सय ४४ मतसहित अगाडि हुनुहुन्छ ।राजन भट्टराईले अहिलेसम्म १५ सय ८१ मत पाउनुभएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठले १९८ मत पाउनुभएको छ भने हाम्रो नेपाली पार्टीका अर्चन शमशेर राणाले ८१ मत पाउनुभएको छ । यो क्षेत्रमा जम्मा ४५ हजार ७ सय ५ मत खसेको छ ।

 

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्