कृष्णभक्त पोखरेलले सुरुवाती अग्रता लिदै रवि लामिछाने तेस्रोमा

काठमाडौ । मंसिर ५, चितवन २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले सुरुवाती अग्रता लिनुभएको छ । ६ सय मत गणना हुँदा एमालेका पोखरेलले ३६४ मत प्राप्त गर्नुभएको छ ।
दोस्रोमा रहनुभएका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले २३६ मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४३ मत प्राप्त गर्नुभएको छ । परिणाम आउन बाकि ।