काठमाण्डौ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, काठमाण्डौ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राख्नुभएको छ । खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

आठ हजार ५९ मतगणना हुँदा दोस्रो स्थानमा रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले एक हजार आठ सय ७७ र नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म तीन सय ३१ मत बदर भएको छ ।

 

 

प्रकाशित : 22 November, 2022

प्रतिक्रिया दिनुहोस्