झापा–५ मा एमाले अध्यक्ष ओलीको अग्रता कायमै

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ६, झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पंक्तिमा छन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदैछन् । ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

 

प्रकाशित : 22 November, 2022

प्रतिक्रिया दिनुहोस्