कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

सहयात्रा टिभी

कैलाली । म‌ंसिर ६, कैलाली क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि बढेका छन् । पछिल्लो ५५ हजार चार सय दुई मतगणना भएको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गाराम चौधरीको २० हजार दुई सय ३४ मत पाएर अघि बढेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीको १४ हजार नौ सय ४६, नेकपा (एमाले) का उम्मेदवार गौरीशङ्कर चौधरीको छ हजार दुई सय ६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको छ हजार ६ सय ९२ मत पाएका छन् । यहाँ तीन हजार पाँच सय ५० मत बदर भएका छन् ।

प्रकाशित : 22 November, 2022

प्रतिक्रिया दिनुहोस्