चितवन ३ मा हलोका विक्रम पाण्डेलाई पछ्याउँदै रास्वपा

काठमाडौँ । मंसिर ६, चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता जोगाइरहेका छन् । पाण्डेले ५ हजार ७२५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ४ हजार ४२५ मतसहित पछ्याइरहेकी छिन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी ४ हजार २९० मतसहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइराला ३ हजार ४७२ मतसहित चौथो स्थानमा रहेका छन् ।