कञ्चनपुर १ मा तामाङको दोब्बर मतको अग्रता

धनगढी । मंसिर ७, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारा लामा तमाङको अग्रता कायमै छ । उनी दोब्बर मतले अगाडि छन् ।
१५ हजार ६८८ मत गणना हुँदा तमाङले ८ हजार ६८ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ४ हजार ३६२ मत ल्याएकी छिन् ।