इलाममा एमाले उपाध्यक्ष नेम्वाङको अग्रता कायमै

सहयात्रा टिभी

इलाम । मंसिर ७, इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ्ले अग्रता कायमै राखेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले ८ हजार २९६ मत पाएका छन् ।

कांग्रेस उमेदवार डम्बर खड्काले ७ हजार ६९९ मत ल्याएका छन् । उपाध्यक्ष नेम्वाङले पछिल्लो केही घण्टाबाट अग्रता कायमै राखेका छन् ।

प्रकाशित : 23 November, 2022

प्रतिक्रिया दिनुहोस्