एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर विजयी

काठमाडौं । मंसिर ७, काठमाण्डौ ७ (१) मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ ।
एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । यस्तै नेकपा (एमाले) का उम्मेदवार जीवन मानन्धरले तीन हजार दुई सय पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोजीना गुरुङले दुई हजार नौ सय ६० मत प्राप्त गर्नुभएको छ ।
काठमाण्डौ महानगरपालिकाभित्रको म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, न्हयौखा, मछिन्द्रटोलमा पर्ने उक्त प्रदेशमा महानगरका १६, १७, १८ र २५ वडा पर्दछन् ।