रुपन्देहीमा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी

काठमाडौं । मंसिर ७, रुपन्देही–४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी हुनुभएको छ। एघार हजार तीन सय पाँच मतका साथ खाँ प्रदेश सभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको हो ।
चालिस हजार नौ सय ६३ मतमध्ये खाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले आठ हजार दुई सय ६५ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाउनु भएको हो ।
यस क्षेत्रमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि हुनुहुन्छ ।