प्रदेश सभामा रोल्पाबाट माओवादीका जोखवहादुर महरा विजयी

सहयात्रा टिभी

काठमाडौं । मंसिर ७, रोल्पा प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा विजयी भएका छन ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका महरा १९ हजार ४२५ मत प्राप्त गरि विजयी भएका हुन । उनले निकतम प्रतिस्पर्धी नेकपा एमालेका कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका छन ।

एमालेका बुढाथोकीले ५ हजार ४०५ मत प्राप्त गरेका छन । संविधान सभा सदस्य रहेका महरा लामो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव थिए ।

दश वर्ष लामो सशस्त्र द्धन्दमा सुरुदेखि नै सहभागी भएका महरा पूर्व शिक्षक समेत हुन । उनी नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत हुन् ।

 

प्रकाशित : 23 November, 2022

प्रतिक्रिया दिनुहोस्