एमाले जितेका १५ निर्वाचन क्षेत्र (सूचीसहित)

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, नेकपा (एमाले) १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो।

कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म ४ सिट जितेको छ।

एमालेका विजयी १५ उम्मेदवार

केपी ओली, झापा-५
योगेश भट्टराई, ताप्लेजुङ
प्रेमबहादुर महर्जन, ललितपुर-२
कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९
गोकर्ण विष्ट, गुल्मी-२
डम्बरबहादुर रायमाझी, उदयपुर-२
देवराज घिमिरे, झापा-२
राजकुमार गुप्ता, पर्सा-३
टोपबहादुर रायमाझी, अर्घाखाँची
पृथ्वीसुब्बा गुरूङ, लमजुङ
महेशकुमार बर्तौला, मकवानपुर-२
विद्या भट्टराई, कास्की-२
वासुदेव घिमिरे, रूपन्देही-५
पदम गिरी, पर्वत
सूर्य थापा, प्यूठान

प्रकाशित : 24 November, 2022

प्रतिक्रिया दिनुहोस्