कांग्रेस २५ सिटमा विजयी, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौं । मंसिर ८, नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा जित दर्ता गरेको छ। डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।
कांग्रेस २५ क्षेत्रमा विजयी हुँदा एमालेले १५ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले ७ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले ६ ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी चार क्षेत्रमा विजयी भएको छ।
कांग्रेसका विजयी उम्मेदवार
शेरबहादुर देउवा, डडेलधुरा
गगन थापा, काठमाडौं, ४
प्रदीप पौडेल, काठमाडौं ५
रमेश रिजाल, पर्सा ४
शंकर भण्डारी, तनहुँ २
हृदयराम थानी, सुर्खेत २
उदयशमशेर राणा, ललितपुर १
मोहन आचार्य, रसुवा
सन्तोष चालिसे, काठमाडौं ३
राजेन्द्रकुमार केसी, काठमाडौं १०
प्रकाशमान सिंह, काठमाडौं १
योगेश गौचन थकाली, मुस्ताङ
टेकबहादुर गुरुङ, मनाङ
रामहरि खतिवडा, ओखलढुंगा
विश्वप्रकाश शर्मा, झापा-१
दुर्लभ थापा, भक्तपुर-२
दिक्पालकुमार शाही, दैलेख-२
अजयकुमार चौरसिया, पर्सा-२
पुष्प शाह, अछाम-२
रमेश लेखक, कञ्चनपुर-३
दिलेन्द्रप्रसाद बडू, दार्चुला
वीरबहादुर बलायर, कैलाली-४
राजेन्द्र बजगाइँ, गोरखा-१
खमबहादुर गर्बुजा, म्याग्दी
एनपी साउद, कञ्चनपुर-२