भक्तपुर २ ले छानेको नयाँ अनुहार कांग्रेसका दुर्लभ थापा विजयी

काठमाडौं । मंसिर ८, भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधैं नयाँ अनुहारको खोजीमा भौंतारिन्छ । भक्तपुर २ ले छानेको नयाँ अनुहार कांग्रेसका दुर्लभ थापा विजयी भए ।
०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी प्रेम सुवाल २०७४ सालको चुनावमा उम्मेदवार बनेर रोहितको उत्तराधिकारीका रुपमा देखिए ।
भक्तपुर २ भने नितान्त भिन्न छ । यो क्षेत्रमा पनि ०५१ को चुनाव नेमकिपाले नै जित्यो । तर यहाँको विशेषता नै भनौं अहिलेसम्म कुनै पनि निर्वाचित उम्मेदवार दोहोरिएका छैनन् ।
मतदाता हरुले संसदीय निर्वाचनमा पार्टी नभई अनुहार हेर्ने गरेको विगत बोकेको छ भक्तपुर २ ले । २०४८ मा यहाँबाट कांग्रेसका जगन्नाथ आचार्यले जिते। यसपल्ट भक्तपुर २ ले छानेको छ कांग्रेसका दुर्लभ थापालाई ।