दाङ १ को प्रदेशसभा सदस्यमा २८ वर्षीय अनुराग खड्का विजयी

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ९ख० मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ १६ हजार २ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गर्नुभयो । खत्रीलाई ३ हजार ५२ मतान्तरले पराजित गर्दै खड्का विजयी हुनुभयो । उहाँ स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । उहाँ लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुनुहुन्छ ।

प्रकाशित : 24 November, 2022

प्रतिक्रिया दिनुहोस्