नुवाकोट-२ मा ८ हजार मतान्तरले अर्जुननरसिंह केसी अघि

सहयात्रा टिभी

नुवाकोट । मंसिर ९, नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी लगातार अग्रता लिइरहेका छन्। यहाँ केसी २० हजार सात सय ५५ मतसहित अघि छन्।

नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा १२ हजार चार सय ३२ मतसहित केसीलाई पछ्याइरहेका छन्। केसी अहिलेसम्म ८ हजार ३ सय २३ मतान्तरले अघि छन्। मतगणना जारी छ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डेले ११ हजार ६ सय २५ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार झनक प्याकुरेलले १ हजार २ सय १० मत ल्याएका छन्। यहाँ १८ हजार बढी मत गणना गर्न बाँकी नै छ।

 

प्रकाशित : 25 November, 2022

प्रतिक्रिया दिनुहोस्