मोरङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सहयात्रा टिभी

विराटनगर । मंसिर १०, मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा प्रदेश १–०२–०४० प ७७७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका–७ का २५ वर्षीय मनिहाङ लिम्बूको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूलाई प्रहरीले उद्धार गरेर उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा लगेको थियो । उपचारकै क्रममा बिहान ६ः३० बजेतिर मृत्यु भएको हो । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 26 November, 2022

प्रतिक्रिया दिनुहोस्