केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेक्सिकोलाई पराजित गरेसँगै अर्जन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना कायम

सहयात्रा टिभी

काठमाडौं । मंसिर ११, कप्तान लिओनल मेसीले एक गोल गर्नुका साथै अर्को गोलका लागि असिस्ट गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै फिफा विश्वकप २०२२ को नकआउटचरणमा पुग्ने सम्भावना कायमै राखेको छ । लुसेस स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

समूह सी मा साउदी अरेबियासँग पहिलो खेलमा हार बेहोरेपछि जित्नैपर्ने दबाबमा रहेको अर्जेन्टिनाले मेक्सिकोविरुद्ध पहिलो हाफमा खासै मुभ बनाउन सकेन । तर दोस्रो हाफमा मेसी चम्केपछि अर्जेन्टिना विजयी भयो ।

खेलको ६४ औं मिनेटमा एन्जल डि मारियाको पासमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा मेसीकै वासमा एन्जो फर्नान्डेजले गोल गरेपछि अर्जेन्टिनाको जित निश्चित भएको थियो । पहिलो जितपछि अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर समूह सी को दोस्रो स्थानमा उक्लेको छ ।

एक जित र बराबरीबाट ४ अंक जोडेको पोल्याण्ड शीर्ष स्थानमा छ । साउदी अरेबिया ३ अंकसहित तेस्रो र १ अंक रहेको मेक्सिको चौथो स्थानमा छ । अब अर्जेन्टिनाले अन्तिम खेलमा पोल्याण्डसँग खेल्नेछ र अन्तिम १६ मा पुग्न पोल्याण्डलाई पनि हराउनुपर्नेछ ।

प्रकाशित : 27 November, 2022

प्रतिक्रिया दिनुहोस्