चितवनको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

चितवन । मंसिर ११, चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रवार राति भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको रास्वपाको सम्पर्क कार्यालयमा आगलागी भएको चितवनका एसपी नवराज अधिकारीले बताए ।
शनिबार सटर खोल्दा कार्यालयको कुर्सी र निर्वाचन प्रचारमा प्रयोग गरिएको फ्लेक्स प्रिन्ट जलेको अवस्थामा भेटिएको छ । ‘बाहिरबाट ताला लागेको अवस्था देखिन्छ’ एसपी अधिकारी भन्छन्–‘कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’
आगलागी शुक्रवार राति भएको बताइएको छ । शनिबार कार्यालय खोलेर हेर्दा सामान जलेपछि सो पार्टीले घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो । उम्मेदवार महेश बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा उहाँले १९ हजार १ सय ७० मत ल्याउनु भएको छ ।