केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हरायो

सहयात्रा टिभी

काठमाडौं । मंसिर १३, फिफा विश्व कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमवार भएको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई हराएको छ ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हरायो । पहिलो हाफमा घानाले २–० को अग्रता लिएको थियो । उसका लागि मोहम्मद सलिसुले २४ औँ र मोहम्मद कुदुसले ३४ औँ मिनेटमा गोल गरे ।

दोस्रो हाफको ५८ औँ र ६१ औँ मिनेटमा चो ग्यु सङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए ।

यो जितसँगै घाना तीन अङ्कसहित समूह  एचु को दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण कोरिया एक अङ्कसहित तालिकाको पुछारमा छ ।

 

 

प्रकाशित : 29 November, 2022

प्रतिक्रिया दिनुहोस्