१० औँ राष्ट्रिय खेलकुद आयोजनाले कर्णालीमा पूर्वाधार र बजेटको चुनौती थपिदै

काठमाडौँ । मंसिर १४, कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने घोषणासँगै कर्णालीमा खेलकुद पूर्वाधार र बजेटको चुनौती थपिएको छ ।
२ मंसिर ०८१ सालमा हुने उक्त प्रतियोगिताका लागि संघीय सरकारले बजेटमा आलटाल गरिरहेकाले थप समस्या भएको हो । प्रदेश खेलकुद परिषदले बजेट अभावका बिचमै पनि ‘५ प’ को रणनीतिअनुसार खेलकुद सम्बन्धीका गतिविधिलाई प्राथमिकता दिएर तयारी गरिरहेको छ ।
परिषदले सोही रणनीति अनुसार खेलकुदको पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैको जगमा टेकेर अहिले प्रदेशमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा हालसम्म २८ प्रतिशत काम सम्पन्न भइसकेको परिषद्ले जनाएको छ। १० औँ राष्ट्रिय खेलकुद आयोजना कर्णालीमा हुने घोषणासँगै कर्णालीमा खेलकुद पूर्वाधार र बजेटको चुनौती थपिएको छ ।
२ मंसिर ०८१ सालमा हुने उक्त प्रतियोगिताका लागि संघीय सरकारले बजेटमा आलटाल गरिरहेकाले थप समस्या भएको हो । प्रदेश खेलकुद परिषदले बजेट अभावका बिचमै पनि ‘५ प’ को रणनीतिअनुसार खेलकुद सम्बन्धीका गतिविधिलाई प्राथमिकता दिएर तयारी गरिरहेको छ ।
परिषदले सोही रणनीति अनुसार खेलकुदको पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यसैको जगमा टेकेर अहिले प्रदेशमा निर्माणाधीन प्रदेश गौरवको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको रङ्गशालामा हालसम्म २८ प्रतिशत काम सम्पन्न भइसकेको परिषद्ले जनाएको छ।