मायाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १४, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले २३ मंसिरदेखि धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्बको ३४ प्रतिशत हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको छ । जुनमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस्तै जारी पूँजीको २४ प्रतिशले हुन आउने २४ लाख कित्ता सेयर सर्वसाधाणको लागि निष्कासन गर्न छुट्याएको छ । सार्वजनिक निष्कासन गर्ने २४ लाख कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो ।

 

प्रकाशित : 30 November, 2022

प्रतिक्रिया दिनुहोस्