चिनका पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । मंसिर १४, चिनका पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।
सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका थिए । उनीभन्दा अघि चाओ चियाङ पार्टीका महासचिव थिए ।