हृदयघातबाट पत्रकार नरेश सर्राफको मृत्यु

सहयात्रा टिभी

वीरगन्ज । मंसिर १५, वीरगन्जका पत्रकार नरेश सर्राफको अल्प आयुमै निधन भएको छ । ३८ वर्षीय सर्राफको बिहीबार बिहान हृदयघातबाट मृत्यु भएको हो ।

बिहीबार बिहान मर्निङ वाक सकेर वीरगन्ज १६ नगवास्थित आफ्नै घरमा सामान्य व्यायाम गर्ने क्रममा सर्राफ अचेत भएर लडेका थिए । परिवारका सदस्यले तुरुन्तै नारायणी अस्पतालमा लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । झण्डै डेढ दशकदेखि वीरगन्जमा रहेर सर्राफले पत्रकारिता गर्दै आएका थिए।

प्रकाशित : 1 December, 2022

प्रतिक्रिया दिनुहोस्