चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । मङ्सिर १७, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उनले बताउए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।